हेलिकप्टर उडानमा कडाइ

हिमाल प्रेस २७ असार २०८० २१:३४
12
SHARES
हेलिकप्टर उडानमा कडाइ

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको छ। मंगलबार सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो।

बुधबार सूचना जारी गर्दै प्राधिकरणले आगामी सेप्टेम्बरसम्म अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा प्रतिबन्ध नै लगाएको जानकारी गराएको छ।

अत्यावश्यक नरहेका माउन्टेन फ्लाइट, पुष्पवृष्टि र ‘सिलिङ फ्लाइट्स’मा आगामी सेप्टेम्बरसम्म प्रतिबन्ध नै लगाएको हो।

साथै आवश्यक उद्धारलगायतका लागि प्राधिकरणको ‘एयर ट्रान्सपोर्ट डिभिजन’बाट अनुमति लिनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

त्यस्तै हेलिकप्टको उडान गर्ने वा गन्तव्यमध्ये एउटा ठाउँमा एरपोर्ट हुनुपर्नेछ। त्यस्तै हेलिकप्टर सञ्चालक कम्पनीमा सेयर स्वामित्व भएको चालकले उडान गर्न नपाउने व्यवस्था प्राधिकरणले गरेको छ।

६३ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ९२ जनाको मृत्यु, ११ बेपत्ता

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जना यात्रुकै मृत्यु

प्रकाशित: २७ असार २०८० २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =