ह्याम्स अस्पतालमा दुर्घटना हुनबाट जोगियो हेलिकप्टर

हिमाल प्रेस २५ चैत २०७९ १६:०८
18
SHARES
ह्याम्स अस्पतालमा दुर्घटना हुनबाट जोगियो हेलिकप्टर

काठमाडौँ- काठमाडौँको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटनाबाट जोगिएको छ। अवतरण गर्ने क्रममा एयर डाइनास्टि ९एन एजेडी (एएस-३५०) संकेतको हेलिकप्टरको पछाडिको केही अंश नजिकको घरको छतमा खसे पनि दुर्घटनाबाट जोगिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्न लाग्दा हेलिकप्टरको पछाडिको भागको केही अंश खसे पनि दुर्घटना नभएको हिमाल प्रेसलाई जानकारी दिए।

डाक्टर लिएर चितवनको भरतपुर जानका लागि त्रिभुवन विमानस्थलबाट ह्याम्स पुगेको थियो। दुर्घटनाबाट जोगिएको उक्त हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २५ चैत २०७९ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =