मनसुनजन्य विपद् : अप्ठ्यारोमा परे १११४ मा कल गर्न सशस्त्र प्रहरीको अनुरोध

हिमाल प्रेस २७ असार २०८० २०:५८
18
SHARES
मनसुनजन्य विपद् : अप्ठ्यारोमा परे १११४ मा कल गर्न सशस्त्र प्रहरीको अनुरोध

काठमाडौँ- सशस्त्र प्रहरी बल (एपीएफ)ले विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण तथा उद्धारका लागि आवश्यक जनशक्ति तथा ‘इक्विपमेन्ट’ तयार रहेको जानकारी गराएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै एपीएफले सम्भावित क्षति न्यूनीकरणका लागि सबै प्रदेशमा आवश्यक इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिएको हो।

एपीएफका अनुसार सातै प्रदेशमा गोताखोर, मोटरबोट र हेभी इक्विपमेन्ट तयार राखिएको छ। एपीएफको प्रधान कार्यालयमा डोजर, लोडर गरी १३ वटा इक्विपमेन्ट तयारी अवस्थामा छन्।

त्यस्तै कोशीस्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलालीमा तयारी छन्।

त्यस्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौँ र नं. २४ कालिका गण कास्कीमा पनि इक्विपमेन्ट तयार राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए।

कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट तयार रहेका एपीएफको भनाइ छ।

त्यस्तै १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर तयारी अवस्थामा राखिएका थापाले बताए।

त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति पनि तयार रहेका सशस्त्र प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बल खराब मौसम, अप्ठ्यारो ठाउँमा चौबीसै घन्टा उद्धार र राहतमा जुट्न तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।

अप्ठ्यारेमा परेमा हटलाइन नम्बर १११४ मा निःशुल्क फोन गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ। साथै आफू नजिकको सशस्त्र प्रहरी युनिटमा खबर गर्न सकिने पनि डीएसपी थापाले बताए।

प्रकाशित: २७ असार २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =