सशस्त्र प्रहरीद्वारा रूखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार 

हिमाल प्रेस २१ फागुन २०८० १८:१७
42
SHARES
सशस्त्र प्रहरीद्वारा रूखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार 

काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित रमितेडाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सालको रूखमा अड्किएका दुईजना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरीले कास्की सारङकोटका २९ वर्षीय  रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेतको उद्धार गरेको हो।

स्थानीय तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरूको उद्धार गरेको हो।

सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार  प्याराग्लाइडिङ गर्नेक्रमा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सय फिट अग्लो रूखमा अड्किएका थिए।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं‍.५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरूको सकुशल उद्धार गरिएको थापाले बताए।

प्रकाशित: २१ फागुन २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =