संसद् चलाउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस २५ असार २०८० १४:५८
2
SHARE
संसद् चलाउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अग्रसरता लिनुपर्ने बताएका छन्।

सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि उनले नै अग्रसरता लिनुपर्ने धारणा राखे।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिइरहेको पनि स्मरण गराए।

संसद् गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उनले उल्लेख गरे।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले अमूर्त ढंगले नभई समाधानमुखी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।

सदनमा प्रतिपक्षीले माग गर्ने र सरकारले त्यसको उचित सम्बोधन गर्ने पद्धति रहेकाले अध्यक्षको हैसियतले आफूले दुवै पक्षलाई यो वा त्यो गलत भन्ने अवस्था नरहेकाले संवाद गर्न सुझाएको पनि उनले बताए।

प्रकाशित: २५ असार २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =