‘संविधानसभा अध्यक्षको रूपमा नेम्वाङले खेलेको भूमिका अतुलनीय : राष्ट्रियसभा अध्यक्ष

हिमाल प्रेस २६ भदौ २०८० ११:०६
2
SHARE
‘संविधानसभा अध्यक्षको रूपमा नेम्वाङले खेलेको भूमिका अतुलनीय : राष्ट्रियसभा अध्यक्ष फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन्।

शोक वक्तव्य जारी गरी उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

‘२०६२/६३ को जनआन्दोलनपछि पुनस्स्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधानसभा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ’, अध्यक्ष तिमिल्सिनाको वक्तव्यमा उल्लेख छ।

नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्त्वपूर्ण भूमिका रहेको उनले स्मरण गरेका छन्।

 

प्रकाशित: २६ भदौ २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =