मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री धर्ना स्थलमा

हिमाल प्रेस २४ असार २०८० १८:०४
14
SHARES
मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री धर्ना स्थलमा

काठमाडौँ- मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न माग राख्दै धर्नामा बसेका मिटरब्याजपीडितलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धर्नास्थल पुगेका छन्।

विधेयक पारित गर्न माग गर्दै आइतबार प्रदर्शनसहित नयाँ बानेश्वर पुगेर धर्नामा बसेका पीडितलाई भेट्न मन्त्री श्रेष्ठ धर्नास्थल पुगेका हुन्।

 पीडितहरूले आइतबार काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए। त्यसपछि नयाँ बानेश्वरमा धर्ना दिँदै संसद् भवन घेराउ गर्ने घोषणा गरेका थिए।

मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक ल्याएको थियो। अध्यादेश जारी भएको ६० दिनभित्र संसद्‍बाट पारित नभएपछि विधेयक निष्क्रिय बनेको छ।

प्रकाशित: २४ असार २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =