सिरहामा मिटरब्याजपीडितमाथि खुकुरी प्रहारको प्रयास

हिमाल प्रेस २४ पुष २०८० १५:३२
32
SHARES
सिरहामा मिटरब्याजपीडितमाथि खुकुरी प्रहारको प्रयास

काठमाडौँ- सिरहामा मिटरब्याजपीडितमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका-८, अरङका संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको हो।

मिटरब्याजीले कब्जा गरेर बेचेको घरमा पीडित प्रवेश गर्न खोजेपछि खुकुरी प्रहार गर्दै दुर्व्यवहार भएको हो। मिटरब्याजीले कब्जा गरेको घर किन्ने रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले संजयकुमारमाथि दुर्व्यवहार गर्दै खुकुरी प्रहार गरेका हुन्।

सोमबार दिउँसोको यो घटनाबारे प्रहरीलाई जानकारी गराए पनि उनीहरू अझै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छैन। पीडितमाथि खुकुरी प्रहार गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा संजयकुमारमाथि प्रहारको प्रयास गरेको स्पष्ट देखिन्छ।

सञ्जयकुमारले २०७३ सालमा कल्याणपुर ८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत सञ्जयकुमारसँग उनले ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाएका थिए।

आर्थिक रुपले विपन्न संजयकुमार ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका थिए।

प्रकाशित: २४ पुष २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =