कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइने

हिमाल प्रेस २४ असार २०८० १५:५३
16
SHARES
कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइने

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा पर्दै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दहोहन भट्टराईको इजलासमा सुनुवाइ तोकिएको उक्त रिट हेर्न नभ्याइनेमा परेको हो।

नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अहिले कोशीमा कांग्रेसका दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका छन्। थापा सभामुखसहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

एमालेले सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री हुनु असंवैधानिक भन्दै शुक्रबार रिट दायर गरेको थियो।

प्रकाशित: २४ असार २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =