सीटीईभीटीले कलेजलाई नै प्रवेश परीक्षा सञ्‍चालन गर्न दिने

हिमाल प्रेस २४ असार २०८० १४:४३
6
SHARES
सीटीईभीटीले कलेजलाई नै प्रवेश परीक्षा सञ्‍चालन गर्न दिने

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहको नर्सिङ, फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए) कार्यक्रम बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा कलेजलाई नै सञ्चालन गर्न दिने भएको छ।

सीटीईभीटीले ल्याब टेक्नोलोजी, आयुर्वेद, इन्जिनियरिङ, कृषिलगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षादेखि भर्ना छनोटसम्मको अधिकार सम्बन्धित शिक्षण संस्थालाई नै दिने भएको हो।

सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना निर्देशिका जारी गरी १८ वटा शैक्षिक कार्यक्रमको भर्ना प्रक्रियालगायत सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थालाई नै दिएको हो।

कलेजले स्थानीय तहको शिक्षा शाखा प्रमुख र कलेजका प्रशिक्षक रहेको तीन सदस्यीय प्रवेश परीक्षा सञ्चालन समिति गठन गरेर परीक्षा सञ्चालन गर्न दिनेछ।

सीटीईभीटी अन्तगर्तका शिक्षण संस्थालाई जिम्मेवार र भर्ना प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको सीटीईभीटीले जानकारी दिएको छ।

सीटीईभीटी अन्तगर्तका आंगिक ६५ वटा, साझेदारी ५२ वटा, निजी ४ सय २९ र सामुदायिक विद्यालय ६ सय ६४ वटामा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

ती संस्थामा अनिवार्य रूपमा १० प्रतिशतका हिसाबले ८ हजार ४ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।सीटीईभीटीले केही दिनभित्रै नयाँ भर्नाका लागि सूचना जारी गर्ने बताएकाे छ।

प्रकाशित: २४ असार २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =