असार अन्तिमसम्म पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

हिमाल प्रेस २४ असार २०८० ८:२८
8
SHARES
असार अन्तिमसम्म पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

सुर्खेत– कर्णालीमा असार सकिन लाग्दा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायले जानकारी दिए।

उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ।

दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुन सकेको छैन। निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको बताए।

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतमा ५५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ।

कर्णालीमा ४८ हजार १ सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए।

प्रकाशित: २४ असार २०८० ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =