मधेश प्रदेशमा पनि एमालेले गर्‍यो बैठक अवरुद्ध

हिमाल प्रेस २३ असार २०८० १५:५३
2
SHARE
मधेश प्रदेशमा पनि एमालेले गर्‍यो बैठक अवरुद्ध

काठमाडौँ- नेकपा एमालेले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

बजेट भाषण सकेपछि अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागेका हुन्।

एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा ससर्त अनुदान किन नदिएको?, बजेट भाषण भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड, सामाजिक विकास मन्त्रालयबाट २० करोड रकमान्तर भएको, सर्लाही जिल्लामा २२ वटा योजना राखेर करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको? रेडबुकमा विचौलियाबाट ५ देखि १० प्रतिशत कमिशत उठाएर योजना समावेश भएको सुनेको छु।’

उनले प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए।

प्रकाशित: २३ असार २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =