एमालेको संसद् अवरुद्धप्रति एकीकृत समाजवादीको टिप्पणी : सत्ता गुम्दाको छटपटी

हिमाल प्रेस २३ असार २०८० १५:०४
8
SHARES
एमालेको संसद् अवरुद्धप्रति एकीकृत समाजवादीको टिप्पणी : सत्ता गुम्दाको छटपटी

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अहिले संसद् अवरुद्ध गरिरहेको छ। प्रधानमन्त्रीको वक्तब्यलाई लिएर एमालेले लगातार संसद् अवरुद्ध गरेको हो।

यसप्रति सत्ताधारी नेकपा एकीकृत समाजवादीले भने सत्ता गुम्दाको छटपटीको संज्ञा दिएको छ। समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको सत्ता नहुँदाको छटपटी भनेका छन्। शनिबार एक कार्यक्रममा बोल्दै भुसालले एमालेले संसद् अवरुद्ध गरेर बचपन देखाएको आरोप लगाए।

‘एमालेको संसद् अवरोध बचपना र आग्रहपूर्ण छ’, भुसालले भने, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ।’

भुसालले प्रधानमन्त्रीको अनौपचारिक भनाइलाई लिएर ‘प्रधानमन्त्री पद सकाइदिन्छु’ भनेर लाग्नु मृगतृष्णा मात्र रहेको बताएका छन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताए।

केही दिनअघि ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहको ठूलो योगदान दिएको बताएका थिए।

विदेशीको इसारामा प्रधानमन्त्री बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा, राप्रपाले संसद् अवरोध गरिरहेका छन्। विपक्षी एमालेको मुख्य माग प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने अडानमा छ।

प्रकाशित: २३ असार २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =