राजनीतिक संकट गहिरियो : भुसाल

हिमाल प्रेस १३ मंसिर २०८० २०:५९
16
SHARES
राजनीतिक संकट गहिरियो : भुसाल

बुटवल- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेन्डाको खडेरी रहेको बताएका छन्। उनले लोकतन्त्रमा राजनीतिक दलहरू एजेन्डामा हिड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउने अवस्था आएको बताएका हुन्।

गृहजिल्ला रुपन्देही आएका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट कार्यक्रममा राजनीतिक संकट गहिरिँदै गएको बताए। उनले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पुँजीको विकास, कृषि उत्पादनको प्रवर्द्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद् विघटन गर्नुले मुलुकमा राजनीतिक रूपमा संकट गहिरिन थालेको टिप्पणी गरे।

‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद् विघटन गरेर जनताको मुद्दा छोड्ने र राजनीति बिगार्ने काम भयो,’ महासचिव भुसालले भने, ‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचारविहीनहरूले हल्ला मच्चाइरहेका छन्।’

व्यवसायी दुर्गा प्रसाईं जस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सिर्जना हुनुमा राजनीतिक दलहरूमा एजेन्डा नहनु रहेको उनको भनाइ छ। उनले अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारी सिर्जना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने बताए। उनले नेपालको कृषि उत्पादन प्रणालीलाई टेकेर उत्पादन बढाएर मात्रै राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए।

उनले युवा, विद्यार्थी र मजदुर सबै तहमा उकुसमुकुस रहेकाले यसबाट मुक्ति दिलाउनका लागि अब राजनीतिक दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए।

प्रकाशित: १३ मंसिर २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =