मुलुक इतिहासकै ठूलो उकुसमुकुसमा : घनश्याम भुसाल

हिमाल प्रेस १४ जेठ २०८० १९:१८
204
SHARES
मुलुक इतिहासकै ठूलो उकुसमुकुसमा : घनश्याम भुसाल

लुम्बिनी- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक इतिहासकै ठूलो उकुसमुकसमा रहेको बताएका छन्। उनले हरेक तह र तप्कामा देखिएको उकुसमुकुसबाट मुक्ति दिलाउन विचारसहित पार्टीहरू जनताबीच पुग्नुपर्ने बताए।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव भुसालले यस्तो बताएका हुन्। उनले अबको २ वर्षभित्र वामपन्थी शक्तिलाई विकल्पका रूपमा ल्याउनुपर्ने बताए।

उनले बेरोजगारी र भ्रष्टाचारको उकुमुसले नेताहरूप्रति वितृष्णा पैदा गरेकाले नयाँ दलहरूको उदय भएको समेत बताए। ‘बेरोजगारी र भ्रष्टाचारकै कारण केही नयाँ दलहरूको उदय भएको छ’ भुसालले भने, ‘तर तिनबाट मुलुकको यो समस्या अन्त्य हुनेवाला छैन।’ महासचिव भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मूल कारण रहेको प्रष्टाए।

विगत ७० वर्षयता राजनीतिक रूपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र देशमा सुशासन कायम गर्न नसक्दा मौलाएको भ्रष्टाचार नै कारक तत्व रहेको भुसालको भनाइ थियो।

प्रकाशित: १४ जेठ २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =