रास्वपाको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुन्छ : घनश्याम भुसाल

हिमाल प्रेस २३ असार २०८० १५:२५
14
SHARES
रास्वपाको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुन्छ : घनश्याम भुसाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तैहुने दाबी गरेका छन्।

दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो।

पार्टी निकट कानुनी व्यवसायीहरूको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको तर्क समेत गरे।

उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकिर गरे। महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे।

उनले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी समेत गरे।
महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरू तय गर्दै अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रकाशित: २३ असार २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =