कमलपोखरीमा कमल फूलको मुस्कान [फोटो फिचर]

दिपेश श्रेष्ठ २३ असार २०८० १०:१२
82
SHARES
कमलपोखरीमा कमल फूलको मुस्कान [फोटो फिचर]

काठमाडौँ– घाँसको झाडी र दबदबे हिलोले पुरिएको मध्यपुर थिमी नगरपालिका ८ मा रहेको कमलपोखरीमा अचेल कमल फूल फुलेको देखिन्छ। नगरपालिका र स्थानीयवासीको सक्रियताले ५० वर्षपछि यस पोखरीमा ढकमक्क कमल फूल फुलेको छ।

नगरपालिकाले संरक्षण गरी ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गरेपछि अहिले यो पोखरी पर्यटकीय स्थलको रूपमा परिचित छ।

दसैंमा बोडेस्थित लायकू दरबारमा यहींको फूल तलेजुलाई चढाउने, तलेजुको पुजारीले कमलको पातमा भोजन ग्रहण गर्ने, नीलबाराही नाचमा यहींको फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने परम्परा छ।

तत्कालीन बोडे गाउँ पञ्चायत-६ कित्ता नम्बर १ मा रहेको यो पोखरी १५ रोपनी ९ आना क्षेत्रमा अवस्थित छ।

०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भई ०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएको यो पोखरी स्थानीयवासीको निरन्तर संघर्षपछि ०७५ मा भक्तपुर जिल्ला अदालतको आदेशपछि पुन: सार्वजनिक सम्पत्ति कायम भएको हो।

कमल फूललाई सरस्वती देवीको प्रतीकका रूपमा पनि लिइन्छ। जैविक विविधतामा निक्कै महत्त्वपूर्ण मानिने कमल फूल नेपालका प्राय: सबै भू-भागका ताल पोखरीमा फस्टाउन सक्छ।

प्रकाशित: २३ असार २०८० १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =