१२औं शताब्दीको भाज्या पोखरी पुनर्निर्माण

हिमाल प्रेस २५ फागुन २०८० १६:४६
8
SHARES
१२औं शताब्दीको भाज्या पोखरी पुनर्निर्माण

काठमाडौँ- १२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ।  लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको हो।

भक्तपुर नगरपालिका वडा नम्बर–१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु (भाज्या पोखरी) को पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ उद्घाटन गरे।

उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो। त्यस्तै भाज्या पुखुको बीचमा जलेश्वरनाथ मन्दिर समेत पुनर्निमाण गरेर उद्घाटन गरिएको छ। भग्नावशेषको रुपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहेपनि भक्तपुर नगरपालिकाले पुरात्वविदहरूको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको थियो।

भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले बताए। लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले ३ करोड लागतमा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो।

 भग्नावशेषको रुपमा रहेको भाज्यापुखुको बीचमा माटोको थुम्को रहे पनि भक्तपुर नगरपालिकाले पुरात्वविद्हरूको सहयोगमा अध्ययन गर्दा पोखरीको बीचमा जलेश्वर मन्दिर रहेको इतिहासका आधारमा मन्दिर पुनर्निर्माण गरिएको वडाध्यक्ष खत्रीले बताए।

अध्ययन अनुसन्धानको जिम्मा पाएका प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन–अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको जलेश्वर मन्दिर भएको थाहा हुन आएको बताए। उनले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् जलेश्वर मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गर्नु प्रशंसनीय कार्य भएको बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका छन्। भाज्या पोखरी नगरपालिकाको गौरवको योजना भएको उनको भनाइ छ।

पोखरी र मन्दिर उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेले पुरातत्व विभागलगायत सरोकारवाला निकायहरूले प्राचिन स्थानको पहिचान गर्दै यसको संरक्षण गर्नुपर्ने बताए। उनले नयाँ पुस्तालाई प्राचिक कुराहरूबारे जानकारी गराउन पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने धारणा राखे।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले इतिहासको रक्षा हुनुका साथै भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सबैको सहयोगमा भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न भएको बताए।

कार्यक्रममा पुननिर्माणका लागि सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: २५ फागुन २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =