लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई आग्रह

हिमाल प्रेस २२ असार २०८० २०:५९
4
SHARES
लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई आग्रह

काठमाडौँ- पशु सेवा विभागले पशुमा देखिएको लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स‌ंक्रमण फैलिँदै गएकाले विभागले यथाशीघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको हो।

विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेले आज (शुक्रबार) विज्ञप्ति जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन्।  विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख अनुदान उपलब्ध गराएको छ।

विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिइन्। विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ। उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन संक्रमणबाट २५ हजार ८७२ पशु मरेका छन्।

संक्रमणबाट देशभरि ७ लाख ९ हजार दुई सय तीन पशुवस्तुमध्ये ४ लाख ५३ हजार ८ सय १९ पशु निको भइसकेका जनाइएको छ। अहिले पनि २ लाख २९ हजार ६०२ पशु सक्रिय संक्रमित छन्। रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ।

प्रकाशित: २२ असार २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =