धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २२ असार २०८० १५:५७
6
SHARES
धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादव र मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ।

दाहालका अनुसार उनीहरूले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरीदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ पुष्टि भएको अख्तियारले जानकारी दिएको छ।

उनीहरूविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

प्रकाशित: २२ असार २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =