मौद्रिक नीति खुकुलो हुनुपर्छ : अध्यक्ष ढकाल

हिमाल प्रेस २१ असार २०८० २०:१०
4
SHARES
मौद्रिक नीति खुकुलो हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति खुकुलो हुनुपर्ने बताएका छन्। बजेटको लक्ष्य, उद्देश्य पूरा गर्न आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने उनले बताए।

बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी कार्यक्रममा उनले मौद्रिक नीति खुकुलो आउनुपर्ने बताए।

अवधि अनुसारको मुद्दती रेट बनाएर वा फिक्स डिपोजिट र सेभिङको ५ प्रतिशतको फरक हटाएर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा उनले जोड दिए। राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत रहेको र त्यसलाई १५ प्रतिशतमा झारेर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाइ थियो। ‘बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नका लागि आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ,’ उनले भने, ‘यो कसरी हुनसक्छ भन्ने सुझाव पनि दिएका छौँ।’

प्रकाशित: २१ असार २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =