खुकुलो मौद्रिक नीति आवश्यक छ : अर्थमन्त्री

हिमाल प्रेस २४ असार २०८० १९:०७
4
SHARES
खुकुलो मौद्रिक नीति आवश्यक छ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताएका छन्। मौद्रिक नीति खुकुलो आएपछि मुलुकको अर्थतन्त्र सहज हुने बताएका हुन्।

आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले मौद्रिक नीति अलिकति खुकुलो बनाएर लैजादाँ अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताए।

आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति खुकुलो बनाउन मन्त्रालयले राष्ट्र बैंकको नेतृत्वलाई भनेको पनि उनले बताए। ‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्त्वपूर्ण पक्ष हो,’ उनले भने।

अर्थतन्त्र अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै आएको पनि उनले बताए। तर सरकारले चालेका कदम कतिपय कार्यान्वयन भएको र कतिपय कार्यान्वयन हुन बाँकी रहेको मन्त्री महतले बताए।

प्रकाशित: २४ असार २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =