अबदेखि लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, वर्ग थप र राजस्व अनलाइनबाट

हिमाल प्रेस २० असार २०८० १६:२०
28
SHARES
अबदेखि लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, वर्ग थप र राजस्व अनलाइनबाट

काठमाडौँ– यातायात ब्यवस्था कार्यालयहरू लाग्ने गरेको भीड र विचौलिया प्रवृति अब अन्त्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ।

‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगत्तै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र विचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ, लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजस्व आजदेखि अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने, ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौं, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौं।’

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरेका हुन्। अनलाइन सेवा सुरु गर्दा राज्यमन्त्री नन्दा चपाईं, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए।

अनलाइन सेवा सुचारु भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्र जानुपर्नेछ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं’ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन्। उनीहरू अब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ। लाइसेन्स नवीकरण पनि पाँच/पाँच वर्षमा नभई १० वर्षमा गर्ने व्यवस्था हुँदैछ।

नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन। ‘त्यसका लागि मोवाइल नम्बरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भट्टराईले भने।

प्रकाशित: २० असार २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =