नेसंवि सेवा आयोगको परीक्षा स्थगित

हिमाल प्रेस २० असार २०८० १४:१३
नेसंवि सेवा आयोगको परीक्षा स्थगित

काठमाडौँ – नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले पूर्व निर्धारित लिखित परीक्षाको कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ।

आयोगले सूचना जारी गर्दै २०७८ चैत्र १६ गते खुलाएको उपप्राध्यापक र बरिष्ठ प्रशिक्षक पदको लिखित परीक्षाका कार्यक्रम स्थगित भएको जनाएको हो।

लोकसेवा आयोगले असार २१ गेतका लागि परीक्षाको मिति तोकेकोमा असार ९ गतेबाट सेवा आयोगको कार्यालयमा तालाबन्दी भई लिखित परीक्षासँग सम्बन्धित कागजात कार्यालय भित्रै रहेका कारण परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएको छ।

नेपाल विद्यार्थीसंघ दाङले विज्ञप्ति जारी गर्दै कर्मचारीको परीक्षा स्थगित गरेको आयोगले उपप्राध्यापकको परीक्षा सञ्चलन गर्न नहुने र विश्वविद्यालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन नहुँने जनाएको छ।

नेविसंघले आन्दोलनरत पक्षसँग कुनै वार्ता समन्वय र सहकार्य नै नगरी परीक्षा जस्तो विषयमा विश्विद्यालय गैरजिम्मेवार बनेको आरोप लगाएको छ।

नेविसंघले कर्मचारी र उपप्राध्यपकको परीक्षा एकैपटक पारदर्शी ढंगबाट सञ्चालन गर्न माग गरेको छ।माग पुरा नभएसम्म विश्वविद्यालय पदाधिकारीलाई कार्यकक्ष प्रवेशमा राेक लागउने जनाएकाे छ।

नेविसंघले आयाेगकाे कार्यालयमा असार ९ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेकाे थियाे।

प्रकाशित: २० असार २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =