कोशी प्रदेश नामविरुद्ध इटहरी उपमहानगरमा तालाबन्दी

हिमाल प्रेस १५ चैत २०७९ १६:३६
14
SHARES
कोशी प्रदेश नामविरुद्ध इटहरी उपमहानगरमा तालाबन्दी

इटहरी– कोशी प्रदेश नामकरणको विषयलाई लिएर इटहरी उपमहानगरपालिकामा तालाबन्दी गरिएको छ।

प्रदेशको पुन: नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको हो।

‘पहिचानविरोधी होशियार’,‘पहिचान मेट्न पाइँदैन’, ‘प्रदेशको नाम खारेज गर’जस्ता नारा लगाउँदै उपमहानगरमा तालाबन्दी गरिएको हो। १ नं. प्रदेशको पुन: नामकरण संघर्ष समितिले इटहरीमा एक कार्यक्रमको आयोजनापछि उपमहानगरमा तालाबन्दी गरेको हो।

आफूहरूले निरन्तर संघर्ष गरिरहँदा पनि कार्यालय खोलेको भन्दै उपमहानगरको गेटमा तालाबन्दी गरिएको बताइएको छ।

पहिचान पक्षधरले मंगलबार भने विराटनगरमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा २२ जना घाइतेसमेत भएका थिए।
प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधर भने पहिचानकै आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत छन्।
प्रदेशको नामरणविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरी कारबाहीमा परी आइतबार पदम लिम्बूको मृत्यु भएपछि पहिचानवादीहरू थप आन्दोलित बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =