देशभर मनसुनी प्रभाव, तराईमा हावा हुरीसहित वर्षा हुने

हिमाल प्रेस २० असार २०८० ६:२८
14
SHARES
देशभर मनसुनी प्रभाव, तराईमा हावा हुरीसहित वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– बुधबार (आज) कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना छ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना छ।

प्रकाशित: २० असार २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =