२१ अंकले घट्यो नेप्से, परिसूचक २०७६ बिन्दुमा

हिमाल प्रेस १८ असार २०८० १५:२६
18
SHARES
२१ अंकले घट्यो नेप्से, परिसूचक २०७६ बिन्दुमा

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) २०७६ बिन्दुमा ओर्लिएको छ। २०९७ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बीच २१.३२ अंकले ओरालो लागेको हो।

आज १७४ कम्पनीको सेयर मूल्य घटेको छ। ४१ कम्पनीको बढेको छ भने १० कम्पनीको स्थिर रह्यो।

सोमबार तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो। सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त र सिटी होटल लिमिटेडको सेयर १० प्रतिशतले बढेको हो।

लक्ष्मी इक्युटी फन्ड, सामुदायिक लघुवित्त वित्तीय संस्था, पाँचथर पावरलगायत कम्पनीका लगानीकर्ता आज सर्वाधिक गुमाउनेको सूचीमा परेका छन्।

आज २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार होटल तथा पर्यटन उपसमूहको सूचक २.०७ प्रतिशतले बढेको छ। व्यापार उपसमूह पनि ०.६६ प्रतिशतले बढ्यो। बाँकी सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: १८ असार २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =