२४.४६ अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

हिमाल प्रेस १९ मंसिर २०७९ १५:१५
4
SHARES
२४.४६ अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) २४.३६ अंकले घटेको छ। आइतबार २ अंकले बढेको बजार आज (सोमबार) दोहोरो अंकले घट्दै परिसूचक १९३८.७६ बिन्दुमा पुगेको छ।

परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ। आइतबार १ अर्ब ५६ करोडको कारोबार भएको थियो। आज २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबार कारोबार भएकामध्ये १४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो। आज सबै उपसमूहको सूचक घटेको छ।

सोमबार अजोड इन्स्योरेन्स, सिटिजन म्युचुअल फन्ड–१, ओरियन्टल होटल लिमिटेडलगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

कारोबार रकमका हिसाबले आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ३० करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको २० करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भयो।

प्रकाशित: १९ मंसिर २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =