एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरु

हिमाल प्रेस १८ असार २०८० १३:२०
4
SHARES
एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौँ– एनआईबीएल एस क्यापिटल लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड मिलेर बनेको एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार सुरु भएको छ।

साविकका दुवै संस्थाको असार १२ गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकले ‘एनआईएमबि एस क्यापिटल लिमिटेड’को नाममा एकीकृत कारोबार गर्ने स्वीकृत प्रदान गरेका थिए।

दुई संस्था मर्जरपश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड पुगेको छ। ४ लाख ८५ हजारभन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटाभन्दा बढी कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत २५ लाख भन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ।

प्रकाशित: १८ असार २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =