बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

हिमाल प्रेस १७ असार २०८० १३:४९
बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौँ- स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौँ वार्षिकोत्सवको अवसरमा छुट अफर ल्याइएको स्मार्ट क्यूआरले जनाएको छ।

यसअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्।

यो योजना असार १६ देखि एक महिनासम्म लागू हुनेछ। छुट अवधिभर हरेक ग्राहकले ५०० सम्म छुट लिन सक्ने जनाइएको छ।

बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक एभरेस्ट बैंकलगायतबाट भुक्तानी गर्न सकिन्छ। त्यस्तै कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्याशका साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्ने स्मार्ट क्यूआरले जनाएको छ।

प्रकाशित: १७ असार २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =