महाराष्ट्र एक्सप्रेस वेमा गुडिरहेको बसमा आगो लाग्दा २५ जनाको मृत्यु

हिमाल प्रेस १६ असार २०८० ९:२०
14
SHARES
महाराष्ट्र एक्सप्रेस वेमा गुडिरहेको बसमा आगो लाग्दा २५ जनाको मृत्यु तस्बिर- बीबीसी हिन्दी

काठमाडौँ– भारत महाराष्ट्रको मुम्बई-नागपुर एक्सप्रेस वेमा गुडिरहेको बसमा आगो लाग्दा २५ जनाको मृत्यु भएको छ।

३३ जना सवार २९ बीई १८१९ नम्बरको उक्त बस शनिबार बिहान दुर्घटना भएको बुलढाणा प्रहरीले जनाएको छ।

टायर फुटेर अनियन्त्रित भएको बस सडकनजिकैको खम्बामा ठोकिन पुग्दा बसको डिजल टेंकी फुटेर आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

आगो लागेर बसभित्र धुँवा गुम्सिएपछि केही यात्रुहरू झयालको सिसा फुटाएर भाग्न सफल भए।

मृतकहरूको पहिचान हुन बाँकी रहेको छ भने घाइते यात्रुहरूको बुलढाणास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =