बाँके नरैनापुरका ७७ भूमिहीनले पाए जग्गाधनी पूर्जा

हिमाल प्रेस १५ असार २०८० २१:०२
10
SHARES
बाँके नरैनापुरका ७७ भूमिहीनले पाए जग्गाधनी पूर्जा

बाँके- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन्। नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउँब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री चौधरीले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरूलाई केही महिनाभित्रै जग्गा वितरण गरिसक्ने बताइन्।

उनले नापी भइसकेका गाउँब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनिरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जो दिइन्। उनले नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन्।

प्रकाशित: १५ असार २०८० २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =