माधव नेपाललाई लक्षित गर्दै झलनाथले भने : दुई जना मन्त्री बनाएर क्रान्ति हुँदैन

हिमाल प्रेस ८ असार २०८० १८:३०
24
SHARES
माधव नेपाललाई लक्षित गर्दै झलनाथले भने : दुई जना मन्त्री बनाएर क्रान्ति हुँदैन

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरुरी रहेको बताएका हुन्।

‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरूलाई क्लियरकट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादविरुद्ध गोलबन्द गराउनुपर्छ,’ उनले भने, ‘उनीहरूलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ। दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन।’

उनले नेकपा (एस)को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे। पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरू ल्याउन नसकेको बताए।

प्रकाशित: ८ असार २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =