गीतकार चन्दको दोस्रो सांगीतिक उपहार : ‘मैना चरी’

हिमाल प्रेस ८ असार २०८० १४:५२
6
SHARES
गीतकार चन्दको दोस्रो सांगीतिक उपहार : ‘मैना चरी’

काठमाडौँ-  गीतकार जयबहादुर चन्दको ‘मैना चरी’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा बिहीबार एक कार्यक्रमका बीच ‘मैना चरी’ बोलको गीति एल्बम सार्वजनिक गरिएको हो। गीतमा मेलिना राईको स्वर छ भने वसन्त सापकोटाले संगीत सिर्जना गरेका छन्।

महाराज थापाको एरेन्ज रहेको सो गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्कीले सजीव अभिनय गरेकी छन्। भिडियोको कोरियोग्राफीमा कविराज गहतराजको दक्षता देखिएको छ भने निर्देशकचाहिँ सरोज ओली छन्।

गीतकार चन्दले उक्त गीत राष्ट्रिय भावको भएको बताएका छन्। ‘यो राष्ट्रिय भावको गीत हो,’ उनले भने, ‘विवाह, व्रतबन्धजस्ता उत्सव अनि सबै क्षेत्र र वर्गका लागि मनोरञ्जन तथा दर्शक, श्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो आत्ममूल्यांकन छ। यसको खास मूल्यांकन भने दर्शक, श्रोताले नै गर्नुहुनेछ।’

सुदूरपश्चिममा हुर्किएकाले सानैदेखि देउडा गुन्गुनाउने गरेकाले पनि गीत लेखनमा आफूलाई रुचि भएको उनको भनाइ छ। चन्द नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) समेत हुन्। उनले ट्राफिक प्रहरीसम्बन्धी जनचेतना जगाउने ‘सेतो टोपी’ बोलको गीत पनि लेखिसकेका छन्। चन्दको यो दोस्रो सांगीतिक उपहार हो।

गीतसंगीतका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै जनचेतना जागरण गर्न आफू सक्रिय रहने चन्दको कथन छ। चन्द हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पदमा कार्यरत छन्।

प्रकाशित: ८ असार २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =