आगामी बजेट कार्यान्वयनका लागि मन्त्रालयगत सचिवहरूसँग अर्थ मन्त्रीकाे छलफल

हिमाल प्रेस ७ असार २०८० १९:५६
4
SHARES
आगामी बजेट कार्यान्वयनका लागि मन्त्रालयगत सचिवहरूसँग अर्थ मन्त्रीकाे छलफल

काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि मन्त्रालयगत सचिवहरूसँग छलफल गरेकाे छ।‍ बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनक लागि गर्नुपर्ने पूर्वतयारी सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको हाे।

सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए।

डा. महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाएर समय तालिका बनाइ अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिए।

उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भएर तयारी सुरु गर्न पनि निर्देशन दिए। ‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ,’ उनले भने।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए। बैठकमा अर्थ मन्त्रालयको तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिमाथि मन्त्रालयका सचिवहरूले आ-आफ्नो राय दिए।

प्रकाशित: ७ असार २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =