बजेटमा नयाँ आयोजना समावेश नगर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

हिमाल प्रेस २२ वैशाख २०८० १८:२५
8
SHARES
बजेटमा नयाँ आयोजना समावेश नगर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नयाँ आयोजना समावेश नगर्न पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग शुक्रबार भएकोे छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम् बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएका हुन्।

छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए।

छलफलका क्रममा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैको सहयोग मिल्ने आशा व्यक्त गरे।

मन्त्री महतले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्मविश्वास बढाउने बजेट ल्याउने जानकारी दिए।

उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई मात्रै प्राथमिकता दिने बताए।

प्रकाशित: २२ वैशाख २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =