आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छ : अध्यक्ष डा. राउत

हिमाल प्रेस २६ वैशाख २०८० १६:१३
4
SHARES
आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छ : अध्यक्ष डा. राउत फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्। आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उनले उक्त सुझाव दिएका हुन्।

सरकारले अहिलेसम्म मानव केन्द्रितभन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको उनको भनाइ थियो। सरकारले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको राउतले बताए।

विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरू भन्ने भाष्य कायम रहेको उनले बताए। प्रहरी र कर्मचारी तलब नपाएर रोइरहेका भन्दै उनले सरकारले ऋण लिएर ठूलाठूला अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी थाल्नु गलत रहेको औँल्याए। ‘प्रहरीहरू तलब नपाएर रोइरहेको अवस्था छ। सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ऋण लिएर भए पनि बनाउने तयारीमा छ,’ उनले भने, ‘नागरिकलाई स्वास्थ्य उपचार दिन सकेका छैनौँ। यता सरकार ठूला भ्युटावरहरू बनाउँदै गइरहेका छ।’

सडकमा प्रतिघण्टा एक सय सवारी पनि नगुड्ने तर सरकारले हरेक सडकलाई ४ लेन बनाउन लहलहीमा लागिरहेको उनले औँल्याए। नेपाल दशकौँदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको उनको दावी थियो। ‘विकास भनेकै ठूलाठूला भवन, विमानस्थल र सडकहरू भनेको बुझियो,’ उनले भने, ‘त्यही कारण हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित विकासमा विकासमा केन्द्रित नीति अवलम्बन गरेर बनाउनु होला।’

प्रकाशित: २६ वैशाख २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =