पर्यटन विकास गरेर सक्षम बन्न सकिन्छ : मन्त्री किराती

हिमाल प्रेस १६ असार २०८० १४:४५
2
SHARE
पर्यटन विकास गरेर सक्षम बन्न सकिन्छ : मन्त्री किराती सुदन किराँती

भोजपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकास गरेर देशलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने बताएका छन्। ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानका क्रममा गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका हुन्।

नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। पर्यटक आकर्षित गर्न आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ। पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्ने उनले बताए।

‘पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ,’ मन्त्री किरातीले भने, ‘हाम्रो सुन्दर देशलाई अझ सुन्दर बनाउने हाम्रो दायित्व हो। आफ्नो ठाउँको विकासका लागि हामीले हप्तामा दुई घन्टा समय दिन सक्यौँ भने त्यसले धेरै योगदान पुग्छ।’

आफ्नो ठाउँमा पर्यटकलाई बसौँबसौँ लाग्ने बनाउन आवश्यक रहेको उनले बताए। आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीको भनाइ छ। यसका लागि नागरिकले हप्तामा दुई घन्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने उनले बताए। रासस

प्रकाशित: १६ असार २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =