आगामी बजेटमा सरकारी साधारण खर्च घट्छ : योजना आयोग

हिमाल प्रेस १० जेठ २०८० २१:५२
6
SHARES
आगामी बजेटमा सरकारी साधारण खर्च घट्छ : योजना आयोग

काठमाडौँ- राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारी साधारण खर्च घटेर आउने बताएको छ। आयोगले चालु आर्थिक वर्ष २०७९/८० का लागि अनुमान गरेको आर्थिक वृद्धि र राजस्व परिचालनको लक्ष्य पूरा नहुने भएकाले मन्त्रालयगत विकास बजेट सकेसम्म नघटाउने तर साधरण खर्च घटाउने गरी बजेट निर्माण भइरहेको बताएको हो।

आन्तरिक समस्या, पुँजी परिचालनमा समस्या, तरलतामा र बाह्य समस्या बढेका कारण मन्त्रालयगत साधारण खर्च कटौती गर्नुपरेको आयोगकको भनाइ छ। साथै सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएको लक्ष्यअनुसार परिणाम नआउने बताएको छ।

योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले बुधबार ‘न्युज एजेन्सी नेपाल’सँगको कुराकानीमा आगामी आर्थिक वर्षको बजेट सरकारी साधारण खर्च घटाउने गरी निर्माण भइरहेको बताए।

उनले आगामी बजेटमा योजना आयोगले गत आर्थिक वर्षमा बनाएको खर्च संरचनामा अनुमान गरेअनुसार बजेट आउन नसक्ने पनि बताए। डा. फुँयालले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब बढी घटेकाले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत सिलिङ कटौती गरिएको बताए।

साढे १५ अर्बको चालु आर्थिक वर्षको बजेट भएकाले योजना आयोगले आगामी आर्थिक वर्षको लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब रहेको उनको भनाइ थियो। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/२०८१को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित: १० जेठ २०८० २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =