आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस ७ असार २०८० ६:३०
4
SHARES
आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– बिहीबार (आज) कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।

बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै देशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: ७ असार २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =