यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

हिमाल प्रेस ६ असार २०८० १९:०५
22
SHARES
यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

महानगरले एक वर्षभित्र पाँचहजार नयाँ रोजगारीको सिर्जना गर्ने, स्थानीयस्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत वस्तुहरूको ब्रान्डिङ गरी निर्यात गर्ने, काठमाडौँलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने विषय समेटिएको छ।

त्यस्तै दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’नाराका साथ सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रकाशित: ६ असार २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =