काठमाडौँ महानगर करारमा प्रधानाध्यापक नियुक्त गर्दै [सूचनासहित]

हिमाल प्रेस १७ कार्तिक २०८० १८:०५
38
SHARES
काठमाडौँ महानगर करारमा प्रधानाध्यापक नियुक्त गर्दै [सूचनासहित]

काठमाडौँ- काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयहरूमा करारमा प्रधानाध्यापक राख्ने भएको छ। महानगरको शिक्षा विभागले आज (शुक्रवार) एक सूचना जारी गरि दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले ५ वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ।

महानगरले आधारभूत तह १–५ का लागि ६ जना, आधारभूत तह १–८ का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ।

यसका लागि महानगरपालिकाले कम्तिमा सम्बन्धित तहमा ५ वर्ष स्थायी सेवा अवधि रहेको योग्यता तोकेको छ। निवेदन दिने अन्तिम मिति मंसिर १ गतेसम्म रहेको छ।

प्रकाशित: १७ कार्तिक २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =