विद्यालय कर्मचारीलाई खरदारसरह तलब दिन एमालेको माग

हिमाल प्रेस ६ असार २०८० १४:५१
494
SHARES
विद्यालय कर्मचारीलाई खरदारसरह तलब दिन एमालेको माग महेश बर्तौला

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरिदारसरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबार दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्।

उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलब पाउने गरेको उल्लेख गर्दै यस्तो तलबले कसरी उनीहरुको गुजारा चल्न सक्छ भनी सरकारलाई प्रश्न गरे।

सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौताअनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने सचेतक बर्तौलाको जोड छ।

उनले प्रश्न गरे, ‘१० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ? यो माग पूरा गर्न सरकारले सहमति पनि गरेको छ।’

यस्तै कर्मचारीले न्यूनतम तलब सुविधा खरदारसरहको माग गरेर आन्दोलन गरिरहेको जानकारी दिए। उनले भने, ‘सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौता गर्‍यो। सर्वोच्च अदालतबाट पनि कर्मचारीका पक्षमा आदेश भए। तर कार्यान्वयन भएको छैन। म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–ती कर्मचारीहरू जसले उठाएको माग न्यायोचित छन्।’

प्रकाशित: ६ असार २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =