शाओमीका दुई ‘डेस्कटप मोनिटर’ नेपाली बजारमा

हिमाल प्रेस ३ असार २०८० १६:०३
2
SHARE
शाओमीका दुई ‘डेस्कटप मोनिटर’ नेपाली बजारमा

काठमाडौँ- शाओमीले ‘एमआई २३.८ डेस्कटप मोनिटर १सी’ र ‘एमआई डेस्कटप मोनिटर २७’ नेपाली बजारमा सार्वजनिक गरेको छ। मोनिटरहरू अत्याधुनिक प्रविधिसहित कम्प्युटिङ अनुभव निखार्न डिजाइन गरिएक कम्पनीले बताएको छ।

डेस्कटप सार्वजनिकपछि शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले नयाँ डेस्कटप बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए।

हाम्रा ग्राहकहरूमाझ एमआई २३.८ डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मनिटर २७’ लिएर आउन पाउँदा हामी उत्साहित छौँ,’ उनले भने, ‘यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टीमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्दछ। यी मोनिटरहरूद्वारा ग्राहकहरूले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ। चाहे त्यो कामको लागि होस् वा अरु कुनै विषयका लागि।’

कम्पनीका अनुसार एमआई २३.९ डेस्कटप मोनिटर १सी को डिस्प्ले २३.८ इन्चको छ। त्यस्तै एमआई डेस्कटप मोनिटर २७को डिस्प्ले २७ इन्चको छ। दुवै डिस्प्लेमा भ्यूइङ एंगल १७८ डिग्री रहेको कमपनीको भनाइ छ।

प्रकाशित: ३ असार २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =