नेपालमा लगानी गरेर ‘बिमस्टेक’ राष्ट्रले फाइदा लिन सक्छन : मन्त्री रिजाल

हिमाल प्रेस ३२ जेठ २०८० १८:५१
4
SHARES
नेपालमा लगानी गरेर ‘बिमस्टेक’ राष्ट्रले फाइदा लिन सक्छन : मन्त्री रिजाल

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बिमस्टेक राष्ट्रले नेपालमा लगानी गरी फाइदा लिन सक्ने बताएका छन्। बिमस्टेक व्यापार सम्मेलनमा भाग लिन भारतको कोलकता गएका उनी बिहीबार स्वदेश फर्किएका छन्।

उनले नेपालमा व्यापार र लगानी क्षेत्रमा अवसर भएकाले बिमस्टेक राष्ट्रले लगानी गरी फाइदा लिनसक्ने बताएका हुन्। सम्मेलनमा मन्त्री रिजालले सन् २०२६ सम्ममा अतिकम विकसित देशको श्रेणीबाट नेपाल स्तरोन्नति हुँदै विकाशशील राष्ट्र बन्न खोजेकाले यसका लागि सदस्य राष्ट्रहरूको सहयोग आवश्यक रहेको बताए।

मन्त्री रिजालले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न र समृद्ध राष्ट्र बनाउनेतर्फ आफूहरू समर्पित रहेको भन्दै बिमस्टेक साझेदारहरूको निरन्तर समर्थन र सहयोगको अपेक्षा गरे।

अहिलेको विश्वमा गतिशील र द्रुत गतिमा अघि बढेका दक्षिण र दक्षिणपूर्वी एसियालाई जोड्ने बिमस्टेकमा नेपालको सहभागिता महत्वपूर्ण रहेको मन्त्री रिजालले बताए। ‘यस बिमस्टेक बिजनेस कन्क्लेभले यस क्षेत्रमा व्यापार र लगानी सहजीकरण, बजार पहुँच, निजी क्षेत्रको विकास र सार्वजनिक–निजी साझेदारीमा सुधार गर्न बहुमूल्य नतिजा र सुझावहरू दिनेमा म विश्वस्त छु,’ मन्त्री रिजालले भने।

प्रकाशित: ३२ जेठ २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =