परराष्ट्रमन्त्री साउद आज थाइल्यान्ड जाँदै

हिमाल प्रेस ३१ असार २०८० ७:५७
10
SHARES
परराष्ट्रमन्त्री साउद आज थाइल्यान्ड जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउद आइतबार (आज) थाइल्यान्ड जाँदै छन्।

बिमस्टेकमा रहेका देशका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंककतर्फ जान लागेको हो।

दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

बिमस्टेकलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रूपमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रूपमा पनि लिइन्छ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन्। यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स भने सहभागी छैनन्।

प्रकाशित: ३१ असार २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =