थाइल्यान्डमा गोली चल्दा चार जनाको मृत्यु

हिमाल प्रेस २५ चैत २०७९ २१:५४
10
SHARES
थाइल्यान्डमा गोली चल्दा चार जनाको मृत्यु सांकेतिक तस्बिर।

बैंकक– थाइल्यान्डको दक्षिणी भागमा शनिबार भएको गोलीकान्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो।

‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने। स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घरनजिकै गोली चलेको थियो।

थाइल्यान्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन्। यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ।

गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए। गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकान्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए।

प्रकाशित: २५ चैत २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =