गोली लागेर घाइते शिक्षक रुपेशको मृत्यु

हिमाल प्रेस १३ कार्तिक २०८० १५:०९
596
SHARES
गोली लागेर घाइते शिक्षक रुपेशको मृत्यु सांकेतिक तस्बिर

काठमाडौँ- गोली लागेर गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ। शिक्षक स्वर्णकारलाई कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो १ बजेतिर गोली प्रहार गरेका थिए।

उनको घाँटी र टाउकोमा गोली लागेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए। गोली लागेर गम्भीर घाइते उनलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको बयोधा अस्पतालमा मृत्यु भएको हो।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन्। गोली प्रहारका गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =