सुरु भयो मनसुनको प्रभाव, पहाडी भू-भागमा वर्षा हुने

तराईमा गर्मी यथावत

हिमाल प्रेस ३२ जेठ २०८० ६:२७
16
SHARES
सुरु भयो मनसुनको प्रभाव, पहाडी भू-भागमा वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– बिहीबार (आज) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेश प्रदेशका अधिकांश स्थान र तराई क्षेत्रको तापक्रम केही दिन नघट्ने पनि महाशाखाको भनाइ छ।

प्रकाशित: ३२ जेठ २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =