नयाँ नेकपा बनाउँदैछौँ : प्रचण्ड

हिमाल प्रेस ३१ जेठ २०८० १३:३९
30
SHARES
नयाँ नेकपा बनाउँदैछौँ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने दलहरूबीच एकता गरेर नयाँ नेकपा बनाउने तयारीमा लागेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएक हुन्।

‘फेरि नेकपा बनाउने प्रयास भइरहेको छ। यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी छ,’ उनले भने, ‘देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ।’

उनले तत्कालीन नेकपा जोगाउन नसकिएको भन्दै केही दिनमा नै समाजवादी मोर्चा घोषणा गरिने बताए।

‍’हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन। फेरि एकताका लागि पहल गर्नुपर्ने छ,’ उनले भने, ‘समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ।’

प्रकाशित: ३१ जेठ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =